धोनी पत्नी साक्षीलाई ज्यानको खतरा ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

धोनी पत्नी साक्षीलाई ज्यानको खतरा !



भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनीले आर्म्स लाइसेन्सका लागि आवेदन दिएकी छन्। आफूलाई ज्यानको खतरा भएकाले हतियार राख्ने अनुमति मागेको निवेदेनमा भनेकी छन्।

साक्षीले आफू अधिकांश समय घरमा एक्लै बस्नुपर्ने र निजी कामको लागि एक्लै घरबाट बाहिर निस्कनुपर्ने भएकाले आफ्नो सुरक्षाका लागि पेस्तोल या ०.३२ रिवल्भर राख्ने अनुमतिका लागि आवेदन दिएकी हुन्।

पूर्व कप्तान धोनी भारतीय वानडे र टी-२० को नियमित सदस्य हुन्। उनी प्रायः मुलुक र घरबाट बाहिरै हुन्छन्। यसैकारण आफ्नो सुरक्षाका लागि हताराय राख्ने अनुमति मागेकी हुन्। साक्षीले हतियार राख्ने आवेदन मजिस्ट्रेट कार्यालयमा दिएकी छन्। मजिस्ट्रेट कार्यालयले आवश्यक निवेदन एसएसपी कार्यालय पठाएको छ।

अब एसएसपी कार्यलयले अनुमति दिनासाथ साक्षीले हतियार राख्ने लाइसेन्स पाउनेछिन्। धोनीले पनि हतियार राख्ने अनुमति पाएक छन्।