धरहराको टेन्डर आज, यस्तो छ तयारी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

धरहराको टेन्डर आज, यस्तो छ तयारी



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको थियो । प्राधिकरणले अनलाइनमार्फत टेन्डर आब्हान गरेकाले कति कम्पनीले प्रतिस्पर्धा गरे भन्ने विषयमा प्राधिकरणलाई जानकारी छैन ।

प्राधिकरणका सम्पदा संरक्षण विभाग प्रमुख राजुमान मानन्धरले आज बिहीबार कति ठेकेदारले प्रतिस्पर्धा गरेका छन् भन्ने विषयमा जानकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आज २ बजे टेन्डर खोलेपछि कतिले प्रतिस्पर्धा गरे भन्ने विषयमा जानकारी हुने र पछि मूल्यांकन गरेपछि कुन ठेकेदारलाई टेन्डर दिइयो भन्ने विषयमा थाहा हुनेछ ।’

प्राविधिक प्रस्ताव छनोटमा परेका कम्पनीहरुले पुनः पेस गर्ने आर्थिक प्रस्ताव अनुसार न्यून लागत कबोल गर्ने कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । प्रधानमन्त्री केपी ओलीले असार अन्तिम साता धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गर्नेगरी प्राधिकरणले टेन्डर प्रक्रियालाई अघि बढाएको हो । करिब एक वर्षअघि नेपाल टेलिकमले करिब ६ अर्ब रुपियाँमा धरहरा बनाउने प्रस्ताव गरेको थियो ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।