इंग्ल्याण्डको रोमाञ्चक जित, कफ्तानले देखाए कमाल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

इंग्ल्याण्डको रोमाञ्चक जित, कफ्तानले देखाए कमाल



कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ रोमाञ्चक जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो।

सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको अवस्थामा केनले ९१अौं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा विजयी सुरुवात दिलाएका हुन्।

केनले नै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। खेलको ११अौं मिनेटमा जोन स्टोन्सको हेडर ट्युनिसियाका गोलकिपर माउज हसनको हातमा फर्केको बलमा केनले गोल गरेका थिए।

फाखरिदिन बिन युसुफलार्इ इंग्लाण्डका कायल वाल्करले लडाएपछि पाएको पेनाल्टीमा ट्युनिसियाले ३५अौं मिनेटमा बराबरी गोल फर्काएको थियो। तर केनले खेलको अतिरिक्त समयमा हेडर गोल गर्दै २००६ यता पहिलोपटक ठूलो प्रतियोगिताको सुरुवाती खेलमा इंग्ल्याण्डलार्इ जित दिलाए।

२००६ मा स्वीडेनसँग २-२ को बराबरी खेलेयता इंग्ल्याण्डले पहिलो चोटी विश्वकपका खेलमा १ भन्दा बढी गोल गरेको हो। अफ्रिकन राष्ट्रसँग भएका सातौंवटा भिडन्तमा इंग्ल्याण्ड अपराजित भएको छ।

ह्यारि केनले पछिल्ला ४ गोलमा इंग्ल्याण्डका लागि लगातार गोल गरेका छन। इंग्ल्याण्डका लागि २५ खेल खेलेका उनले १५ गोल गरिसकेका छन।

ट्युनिसियाले भने पछिल्ला विश्वकपका १२ खेलमा जित हात पार्न सकेको छैन। १९७८ मा विश्वकपमा पहिलो खेल जितेयता उसले ८ खेलमा पराजय भोगेको छ भने ४ खेलमा हार बेहोरेको छ।