योगेशले भने: अब जेल बस्नुपर्दैन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

योगेशले भने: अब जेल बस्नुपर्दैन



नेशनल युथ फेष्ट कार्यक्रममा युवा राजनितिज्ञ, युवा उद्यमीसंग एक सय बढी युवाहरुले अन्र्तक्रिया गरेका छन् ।

नेशनल कलेज, धुम्बराही द्वारा आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले भने, “अव आउने पुस्ताले ब्यबस्था परिवर्तनको लागी जेल बस्नु पर्दैन, अव हामी सम्वृद्धिको बाटोमा जाने हो । नेपाल असंख्य संभावना भएको देश हो । नेपाल एक सहिषुण देश हो । सबै जात जातीहरु मिलेर बसेका छन् कसैले पनि असुरक्षित महशुस गर्नुपर्दैन । ”

नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा युवा नेता उदय शम्शेर राणाले जलविद्युत, पर्यटन, कृषि लगायत क्षेत्रमा लगानी गरी स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताए । साथै सैद्दान्तिक शिक्षा भन्दा पनि ब्यवहारिक शिक्षामा जोड दिन सल्लाह दिए ।

सहभागी युवाहरुलाई युवा उद्यमी तथा डिस होमका निर्देशक सुदिप आचार्य, मिस नेपाल अर्थ प्रिया सिग्देल लागायतका बक्ताहरुले उच्च माध्यामीक तहको अध्ययन सकिएका युवाहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै “देशमै रोजगारीका थुप्रै संभावना रहेको छ । नेपालमै बसेर अध्ययन र रोजगारी गर्दा सानो भईदैन भन्ने भावनाको विकाश गर्नुपर्यो” भन्दै युवाहरुलाई नेपालमै अध्ययन गर्न र रोजगारीका संभावना खोज्न सुझाए ।