विश्वकै महंगा खेलाडीमाथि १० फउल - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

विश्वकै महंगा खेलाडीमाथि १० फउल



विश्वकप उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकियो छ। आइतबार राति भएको खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्यो ।

फिलिप्पे कौटिन्होले खेलको २०अौं मिनेटमा ब्राजिललार्इ सुरुवाती अग्रता दिलाएका थिए । तर, उसले त्यसलाई लामो समय बचाउन सकेन । खेलको ५०अौं मिनेटमा स्वीस टोलीका स्टिभेन जुबरले हेडर मार्फत बराबरी गोल फर्काए।

खेलमा नेमारमाथि विपक्षी टोलीका खेलाडीको दबाब थियो ।
विश्वकै सबैभन्दा महंगा खेलाडी नेमारमाथि स्वीस खेलाडीले १० पटक त फउलमात्र गरेका थिए । यो सन् १९९८ यता विश्वकपको एउटा खेलमा एउटै खेलाडीमाथि भएको सर्बाधिक फउल हो।