प्रचण्ड थाइल्याण्ड जानुको रहस्य !
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक थाइल्याण्ड गएको पारीवारीक स्रोतले जनाएको छ ।
उनकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएको श्रोतले जनाएको छ । राजनीतिज्ञहरु थाइल्याण्ड जाँदा बजारमा फरक प्रसङ्ग चल्ने गर्छ । प्रचण्ड पत्नीको स्वास्थ्य उपचारसंगै राजनीतिक भेटघाट पनि हुने एक जानकारले बताए ।
उनी राती १० बजेपछि त्यता प्रस्थान गरेका हुन्। उनका साथमा छोरी गंगा दाहाल र प्रेस सहयोगी मनहरि तिमिल्सिना पनि गएका छन् । यसअघि उनी दिल्ली गएका थिए ।
दाहाल केही समययता सुगर, प्रेसर, थाइराइड लगायतका रोगबाट ग्रसित छिन्।