विश्वकप: पानामाले बेल्जियमसँग प्रतिस्पर्धा कसरी गर्ने ? - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

विश्वकप: पानामाले बेल्जियमसँग प्रतिस्पर्धा कसरी गर्ने ?



एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा पानामा र बेल्जियमले प्रतिस्पर्धा गर्दैछन् । डेब्यु खेलमा नै बलियो प्रतिद्धन्दी पाएको पानामा बेल्जियमलाई रोक्ने लक्ष्यमा रहेको छ ।

रसियाको सोचीस्थित फिष्ट रंगशालामा नेपाली समय अनुसार ८ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल सुरु हुनेछ । निकै बलियो टोलीको रुपमा रहेको बेल्जियम आफ्नो पहिलो खेलमा नै पानामालाई पराजित गर्दै शुखद सुरुवात गर्ने दाउँमा रहेको छ ।

पानामा र बेल्जियमले अहिलेसम्म एकआपसमा खेल खेलेका छैनन् ।

विश्वकपमा बेल्जियमको यस्तो छ इतिहास

पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको बेल्जियमको यो १३ औं विश्वकप हो । तर, अहिलेसम्म बेल्जियम सेमिफाइनलसम्म मात्रै पुग्न सकेको छ ।

बेल्जियमले सन् १९३०, १९३४ र १९३८ को विश्वकपमा समूह चरण पनि पार गर्न सकेको थिएन । सन् १९५० को विश्वकपमा छनोट नभएको बेल्जियमले १९५४ को विश्वकप समूह चरणमै सकाएको थियो । त्यसपछि १६ वर्षपछि सन् १९७० को विश्वकप खेलेको थियो । तर यो विश्वकप पनि बेल्जियमको लागि सहभागितामै सिमित बनेको थियो ।

बेल्जियमले सन् १९८६ को विश्वकपमा भने इतिहास बनाएको थियो । विश्वकपको सधै समूह चरणबाट बाहिरिने बेल्जियम यो पटक भने चौथो हुन सफल भयो ।

त्यसपछि बेल्जियमले १९९०, १९९४, १९९८ र २००२ मा विश्वकप खेलको थियो भने सन् २००६ र २०१० मा भने छनोट हुन सकेन । २०१४ मा भने बेल्जियम क्वाटरफाइनलसम्म पुगेको थियो ।

प्लेयर्स टु वाच

रोमेलु लुकाकु

रोमेलु लुकाकु बेल्जियमका त्यस्ता भरपर्दा फरवार्ड हुन्, जसले जतिबेला पनि आफ्नो टिमलाई जित दिलाउने हैसियत राख्छन् । सन् २०१० देखि राष्ट्रिय टिममा परेका लुकाकुमाथि बेल्जियमको ठूलो भरोसा रहेको छ ।

२५ वर्षीय लुकाकुले अहिलेसम्म बेल्जियम टिमबाट ६९ खेल खेल्दै ३६ गोल गरिसकेका छन् ।

लुकाकुले सन् २०१४ को विश्वकपमा १ गोल मात्रै गरेका थिए । उनले ४ खेल खेलेपनि गोल भने धेरै गर्न सकेनन् । त्यस्तै, म्यान्चेस्टर युनाइटेड क्लबमा आबद्ध रोमेलुले बेल्जियमलाई विश्वकपमा प्रवेश गराउन ठूलो भूमिका खेलेका थिए ।
उनले रसिया विश्वकप छनोटको खेलमा ८ खेलबाट ११ गोल गरेका थिए । त्यस्तै, २०१६ मा भएको युरोकप फुटबलमा पनि उनले २ गोल गरेका थिए ।

बेल्जियम टिम
गोलरक्षकः कोइन कास्टिल्स, थिबाउट काउर्टोइस, सिमोन म्याग्नोलेट
डिफेन्डरः टोबी, एल्डरवेइरेल्ड, डेड्रिक बोयटा, भेसेन्ट कोम्पनी, थोमस म्यौनियर, थोमस भमौलेन, जान भेर्टोनघेन
मिडफिल्डरः यान्निक कार्रास्को, केभिन डे ब्रुयनी, मौसा डम्बेली, ल्याण्डर डेन्डोन्कर, मारौनी फेल्लौनी, एडेन हजार्ड, थोर्गन अजार्ड, आड्नान जानुजाज, योउरी टिलेमान्स, एक्जेल विथ्सेल
फवार्डः मिची ब्याट्शुएयी, नसेर चाडिल, रोमेलु लुकाकु, ड्राइज मार्टिन्स

पानामा ऐतिहासिक क्षणमा
यो पटक रसिया विश्वकपमा दुई नयाँ टिम मध्ये एक हो पानामा । विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै पानामाले विश्वकपमा स्थान बनाएको थियो ।
पानामाले सन् १९७८बाट विश्वकप छनौट खेल्न थाले पनि विश्वकप खेल्ने अवसर भने पाएको थिएन । पानामाको विश्वकप डेब्यु हो ।

ब्लास पेरेज

पानामाका सर्वाधिक गोलकर्ता मध्ये एक हुन् ब्लास पेरेज । उनले अहिलेसम्म ११७ खेलबाट ४३ गोल गरेका छन् । त्यति नै गोल पानामाका अर्का खेलाडी लुइस टेजडाले पनि १०४ खेलबाट गरेका छन् ।

३७ वर्षीय ब्लास पेरेजले आफ्नो करिअरकै अन्त्यतिर विश्वकप फुटबल खेल्ने सुनौलो अवसर पाएका छन् । त्यो पनि ऐतिहासिक विश्वकप । किनभने पानामाको यो डेब्यु विश्वकप हो ।
सन् २००१ देखि राष्ट्रिय टिमबाट खेल्न थालेका पेरेजले पानामालाई विश्वकपसम्म ल्याई पु¥याउन ठूलो भूमिका खेलेका छन् । पेरेजले सन् २००१ मा इल साल्भाडोरसँग भएको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए ।

विश्वकपको लागि पानामा टिम

गोलरक्षकः जोस क्याल्डेरोन, जाइमे पेनेडो, एलेक्स रोड्रिग्युज
डिफेन्डरः फेलिपे बालोय, हारोल्ड कुमिङ्स, इरिक डेभिस, फिडेल इस्कोबार, माइकल म्युरिल्लो, एडोल्फो म्याचडो, लुईस ओभाली, रोमन टोरेस
मिडफिल्डरः जोस लुइस रोड्रिगुएज, योइल बार्सेनास, आर्मान्डो कोपेर, एनिबल गोडोय्, गाब्रिल गोमेज, भ्यालेन्टिन पिमेन्टेल, एल्बर्टो युईन्टेरो
फरवार्डः अब्दिएल अरोयो, इस्माइल डियाज, ब्लास पेरेज, लुईस टेजर्ड, गाब्रिइल टोरेस