डा. बाबुरामले भने- यो सरकार ‘मूर्ख’ हो ! - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

डा. बाबुरामले भने- यो सरकार ‘मूर्ख’ हो !



काठमाडाैँ । सरकारले मुलुकका ७ वटा शहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने तयारी गरिरहेकाेप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टरार्इले कटाक्ष गरेका छन्। अन्तर्राष्ट्रिय मापदण्डविपरीत नेपालमा कसरी मेगा सिटी बनाउन सकिन्छ भन्ने प्रश्न गर्दै उनले सरकारकाे यस कार्यलार्इ ‘मूर्खता’काे संज्ञा दिएका छन्।

आगामी साउन पहिलो साताभित्रै मुलुकका विभिन्न ७ शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिएका थिए। त्यसकाे प्रतिक्रियामा डा भट्टरार्इले ट्विटरमार्फत उक्त कुरा बताएका हुन्। डा भट्टरार्इका अनुसार, मेगासिटी भनेको एक करोडभन्दा बढी जनसंख्या भएको शहर हो! उनले नेपालकाे कुल जनसंख्या नै ३ कराेड पनि नरहेकाे अवस्थामा ७ वटा मेगासिटीलाई ७ करोड जनसंख्या चाहिने हुँदा त्याे जनसंख्या कहाँबाट ल्याउने भनी प्रश्न समेत गरेका छन्।

सरकारले लहडकाे भरमा मेगा सिटी बनाउन लागेकाे भन्दै उनले स्कुलकालीन जीवनमा पढेकाे एउटा कविता सम्झेका छन्। कविता श्लाेक नै उद्धृत गरेर सरकारमा रहनेहरूलार्इ मूर्ख भएकाे प्रतीकात्मक ढंगले व्यंग्य गरेका छन्।

अाइतबार बाँकेका स्थानीय जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखलाई नेपालगञ्जमा अायाेजित एक कार्यक्रममा सम्बोधन गर्दै शहरी विकास मन्त्री राईले भनेका थिए, ‘सरकारले व्यवस्थित आवास क्षेत्र भएको शहरको परिकल्पना गरेको छ, सोहीअनुरुप साउनको पहिलो सातासम्म ७ वटा शहरलाई मेगा सिटी घोषणा गरिन्छ।’

मन्त्रीकाे रार्इकाे अभिव्यक्तिप्रति टिप्पणी गर्ने क्रममा डा. भट्टरार्इले अाइतबार नै अाफ्नाे ट्वीटरमा उक्त कुरा लेखेका हुन्।