घट्ला त हवाई भाडा ? - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

घट्ला त हवाई भाडा ?



सुर्खेत । सरकारले दुर्गम क्षेत्रमा हवाई भाडा बढाएको भन्दै शनिवार विरोधस्वरूप दुई घण्टा हुम्लाको सिमकोट विमानस्थल बन्द गरिएको छ ।

स्थानीयले हवाई भाडा घटाउन माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पहिलो चरणअन्तर्गत स्थानीयले शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म सिमकोट विमानस्थल बन्द गरेका हुन् । सरकारले दुर्गम क्षेत्रमा ५४ प्रतिशत हवाई भाडा बढाएपछि कर्णालीमा विरोध शुरू भएको हो ।

सरकारलाई बेलाबेलामा ज्ञापनपत्रसहित हवाई भाडा घटाउन माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुन बाध्य भएको हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाग्मेल तामाङले बताए ।