गगनले लगाए प्रधानमन्त्री ओलीलाई यस्तो आरोप ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गगनले लगाए प्रधानमन्त्री ओलीलाई यस्तो आरोप !



काँस्की । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् ।

प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा उनले दुई तिहाईको भरमा जे गरे नि हुन्छ भन्ने सोच प्रधानमन्त्रीमा रहेको बताए ।

‘सबै मै हुँ र मैले भने सबै हुन्छ’ भन्ने सोच प्रधानमन्त्रीमा रहेको आरोप लगाउँदै थापाले भने, ‘यस्तो सोचले देशलाई विकास होइन, विनाशतर्फ लैजान्छ ।’

सरकारप्रति जनताले ठूलो आशा राखे पनि बजेटले जनताको आशा समेट्न नसकेको टिप्पणी उनको थियो । कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह केसीलगायत वक्ताले सरकार क्रमशः जनताको मुख बन्द गराउने बाटोमा उद्यत देखिएको भन्दै मुलुक निर्देशनमा चलाउन खोजे दुर्भाग्य हुने बताएका थिए ।