नेविसंघको आन्दोलन रोक्न पार्टी कार्यालयमै आक्रमण - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेविसंघको आन्दोलन रोक्न पार्टी कार्यालयमै आक्रमण



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट घोषणा गलत्तै दैनिक अत्यावश्यकीय खाद्यबस्तु र सेवा क्षेत्रमा बढाएको अनपेक्षित महंगीको विरोधमा उत्रिएको नेपाली काँग्रेसको भ्रतृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको आन्दोलन रोक्न पार्टी कार्यालयमै आक्रमण गरेको छ। नेविसंघले देशैभर विरोध प्रदर्शन गरिरहेका बेलामा आन्दोलन रोक्न प्रहरी पार्टी कार्यालयभित्रै पुगेर हस्तक्षेपसमेत गर्न थालेको छ। प्रहरीले सुर्खेतको काँग्रेस पार्टी कार्यालयभित्र प्रवेश गरी बिहिबार हस्तक्षेप गरेको हो।

आन्दोलनकारीलाई खोज्ने भन्दै प्रहरी पार्टी कार्यालयभित्रै पुगेको हो। प्रहरीको यो हर्कतलाई भने काँग्रेसले ओली सरकारको आतंकको संज्ञा दिएका छन्। नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले सुर्खेत घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। ट्वीटरमा ट्वीट सन्देश दिँदै शर्माले ‘सडक लोकतन्त्रको अभिन्न अंग हो, त्यहाँको प्रदर्शनपछि पार्टी कार्यालयभित्रै पसेर दमन गर्ने प्रयत्न जंगली शैली हो। यस्ता घटनाको प्रतिवादमा सिंहदरबारभित्रै पसेर प्रमकै कार्यालयअघि प्रदर्शन गर्नुपर्ने स्थिति बन्न सक्छ । सरकार गम्भीर बनोस् !’ भनेका छन्।

त्यसैगरी काँग्रेस सुर्खेत सभापति कमलराज रेग्मीले विज्ञप्ति जारी गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका छन्।