उद्घाटन खेलमा रसियाले साउदी अरेबिया माथि ५–० को सानदार जित - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

उद्घाटन खेलमा रसियाले साउदी अरेबिया माथि ५–० को सानदार जित



काठमाडौं– २१औँ संस्करणको विश्वकपको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित निकालेको छ ।

युरी गजिन्स्कीले २०१८ को विश्वकपकै पहिलो गोल गर्दै रसियालाईअग्रता दिलाए । डेनिस चेरिसेभले अग्रता दोब्बर पारे । दोस्रो हाफको ७१औँ मिनेटमा पुनः सब्स्टीच्युट खेलाडी आर्टेम जुबाले मैदान छिरेको दोश्रो मिनेटमै गोल गरे । यो सँगै रसियाले ३–० को अग्रता लियो । ..

इन्जुरी समयको पहिलो मिनेटमा चेरिसेभले आफ्नो दोश्रो गोल तथा टीमका लागि गोल गरे । खेलको अन्तिम समयमा अलेक्जेन्डर गोलोभिनले फ्रि किकमार्फत गोल गर्दै गोलअन्तर ५–० पुर्‍याए । पहिलो जितपछि रसियाले समूह ए को अंक तालिकामा ३ अंक जोडेको छ ।