रसियाका डेनिस चेरसेभले गरे दोस्रो गोल
काठमाडौं । विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व २ गोल गरेको छ । खेलको ४३ औं मिनेटमा रसियाका डेनिस चेरसेभले दोस्रो गोल गरेका हुन् ।
रसियाका युरी गजिन्सकीले खेलको १२ औं मिनेटमा गोल गर्दै रसियालाई पहिलो अग्रता दिलाएका थिए ।
बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा रसिया र साउदी अरबबीच प्रतिस्पर्धा भइहेको छ ।