धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या



ताप्लेजुङ । ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्।

श्रीमानको हत्यपछि शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषयमा स्थानीयले टेलिफोनमार्फत बुधबार प्रहरी चौकी तापेथोकमा जानकारी गराएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।