महिलाको मृत्यु भएपछी टिपर जलाईयो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

महिलाको मृत्यु भएपछी टिपर जलाईयो



काठमाडौं : डौंको जडीबुटीमा टिपरले स्कुटरमा ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा ४ ख ३५५८ नम्बरको टिपरले स्कुटीलाई ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो।

स्कुटीमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए। मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्।

यसैबीच ट्राफिक प्रहरीले जडिबुटीमा भएको सडक दुर्घटनाको कारण पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएकाले वैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको छ।