सस्तो मुल्यमा जग्गा नदिएको भन्दै अर्घाखाँचीकी महिलालाई दाङमा नाङ्गै बनाएर कुटपिट(भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सस्तो मुल्यमा जग्गा नदिएको भन्दै अर्घाखाँचीकी महिलालाई दाङमा नाङ्गै बनाएर कुटपिट(भिडियो सहित)



दाङ : सस्तो मुल्यमा जग्गा दिन नमानेको भन्दै दाङमा एक महिला निर्घात रुपमा महिलाबाटै कुटिएकी छिन्। अर्घाखाँचीको शितगङ्गा नगरपलिका-ठाड खोलाकी ३९ वर्षीया दिलमाया पुनलाई राप्ती गाउँपालिका-१ का रेखा गुप्ता र अनिता गुप्ताले शुक्रबार भालुवाङ बजारमा नाङ्गै बनाएर कुटपिट गरेका हुन्।

राप्ती गाउँपलिका-१ पुरानो भालुबाङ बजारमा दिलमायाको घडेरी छ। अर्घाखाँचीबाट आफ्नो घडेरी रेखदेख गर्न दाङ आएकी दिलमायालाई घडेरीसँगैका रेखा र अनिताले ५० हजारमा घडेरी दिन दबाब दिँदै आएको दिलमायाले बताइन्। सस्तोमा जग्गा दिन्न भन्दा कपडा खोलेर नाङ्गै बनाएर मरणासन्न हुनेगरी कुटपिट गरिएको उनले बताइन्।

लाखौं मूल्य बराबरको घडेरी सस्तोमा दिन नमानेपछि उनीहरुले आफूलाई लछारपछार गर्दै सडकमा ल्याएर कपडा च्यातिदिएर कुटपिट गरेको पीडित दिलमायाले बताइन्। पीडितलाई छिमेकी रेखा र अनिताले कुटपिट गरेको भिडियो भालुबाङका एक बालकले मोबाइलमा कैद गरी सामाजिक सञ्‍जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो।