दुतावासमा नेपाल प्रहरीका असईले गरे आत्महत्या - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

दुतावासमा नेपाल प्रहरीका असईले गरे आत्महत्या



काठमाडौं–नेपाल प्रहरीका असइले गोली हानेर आत्महत्या गरेका छन् । लाजिम्पाटस्थित इजरायल दुतावासभित्र उनले आत्महत्या गरेका हुन्।

दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार दुतावासभित्र बस्ने कोठाभित्रै उनले आत्महत्या गरेका हुन्।

पेस्तोलबाट उनले टाउकोमा गोली हानेका थिए। असइ थापाको दरबन्दी पहरा गणमा थियो।

खाना खान बोलाउन गएका बेला उनलाई अन्य प्रहरीले मृत अवस्थामा भेटाएका थिए। कोठामा उनले भित्रबाट ढोका लगाएका थिए। गोली चलेको आवाज आफुहरुले नसुनेको अन्य प्रहरीहरुले बताएका छन्।

असइ थापा दुतावासको सुरक्षामा नेपालको तर्फबाट सुरक्षा इन्चार्जका रुपमा कार्यरत थिए। आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।