डा. देवकोटाको अवस्था गम्भीर - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

डा. देवकोटाको अवस्था गम्भीर



काठमाडौं-  वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर छ।

पित्तथैलीको क्यान्सरबाट ग्रसित डा. देवकोटाको दुवै मिर्गौला फेल भएको अवस्थामा बाँसबारीस्थित आफ्नै न्युरो अस्पतालमा उपचारार्थ छन्।

आइसीयु कक्षमा कार्डियाक मोनिटर र अक्सिजन सहित उपचारार्थ उनलाई चार पटकसम्म डायलाइसिस गरिएको छ।

न्युरो अस्पतालका अनुसार डा. देवकोटाको अवस्था ‘क्रिटिकल’ तर ‘स्टेबल’ छ।

‘पित्ननलीको क्यान्सरको असर अन्य अंगमा पनि फैलिएको हुन सक्ने अस्पतालले जनाएको छ ।

डा. उपेन्द्रको उपचारमा संलग्न एक चिकित्सकका अनुसार क्यान्सरसँगै मिर्गौला फेल भएपछि उनको अवस्था अझै गम्भीर बनेको हो। त्यसैकारण डा. देवकोटाले गाउँ जाने रहर गरेपनि शुक्रबार श्वासप्रश्वासमा असहजता भएपछि उनलाई भेन्टिलेटर राखिएको थियो।

तर त्यसैदिनको मध्यरातबाट भेन्टिलेटरको आवश्यकता नपरेपछि शनिबार डा. देवकोटालाई गोरखाको पण्डितगाउँ लगेर ल्याइएको थियो।