रसिया र विश्वकप - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

रसिया र विश्वकप



एजेन्सी । पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको रसिया फुटबलमा खासै चम्किने राष्ट्र होइन । न त रसियाले फुटबलको ठूला प्रतियोगिता नै जितेको छ, न फुटबलमा कुनै फड्को नै मारेको छ तर, यसपटक भने विश्वकप फुटबलको सफल आयोजना गर्दै इतिहास बनाउने सुरमा छ ।

यसअघिका विश्वकपमा रसियाको उपस्थिति निरासाजनक रहेको थियो भने कुनै खेलमा त सहभागिता मात्रै जनाएको जस्तो देखिएको थियो । तर, २०१८ को विश्वकप फुटबलको आयोजना गर्ने हिम्मत राख्दै फुटबलको कुम्भ मेला सफल पार्ने योजनामा देखिएको छ । यो रसियाको लागि ऐतिहासिक हुन सक्छ ।

७ पटक विश्वकप खेलेको रसिया सन् १९६६ मा इंग्ल्याण्डमा सम्पन्न भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यो पनि सोभियत संघको हैसियतमा रहँदै । त्यसपछिको विश्वकपका खेलमा भने रसियाले राम्रो प्रदर्शन गर्न सकेको छैन ।

विर्सन लायक इतिहास

सातपटक विश्वकपको यात्रा पार गर्दा रसिया तीन पटकसम्म क्वाटरफाइनल पुगेको छ ।

सन् १९५८ मा स्वीडेनले विश्वकप फुटबलको आयोजना गर्दा यसै विश्वकपदेखि रसियाले डेब्यु गरेको थियो । समूह चरणको खेलमा निकै दमदार प्रदर्शन गरेको त्यसबेलाको सोभियत युनियनले अष्ट्रियालाई २–० ले पराजित गरेको थियो भने प्ले अफको खेलमा इंग्ल्याण्डलाई १–० गोलले पराजित गर्दै सोभियत युनियन क्वाटरफाइनलमा आयोजक स्वीडेनसँग २–० गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।

त्यस्तै, सन् १९६२ मा चिलीमा सम्पन्न भएको विश्वकपमा पनि सोभियत युनियन क्वाटरफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा चिलीसँग २–१ गोलअन्तरले पराजित हुँदै बाहिरिएको थियो ।

सन् १९६६ को विश्वकपमा भने सोभियत युनियन सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो ।

सन् १९९१ मा सोभियत युनियन विघटन भएर रसिया भएको हो । १९९४ को विश्वकपमा समूह चरण पनि पार गर्न नसकेको रसियाले १९९८ को फ्रान्स विश्वकपमा भने छनोट हुन सकेन । सन् २००२ मा भएको विश्वकप खेलेको रसिया पुनः २००६ र २०१० मा छनोट हुन असफल बनेको थियो ।

सन् २०१४ को विश्वकप खेले पनि समूह चरण पार गर्न नसकेको रसिया २०१८ को विश्वकप भने आफैले आयोजना गर्दैछ ।

यी हुन् रसियाका भरपर्दा खेलाडी

इगोर एकिनफिभ

३२ वर्षीया इगोर एकिनफिभ रसियाका प्रभावशाली खेलाडी हुन् । १६ बर्षको उमेरदेखि नै सीएसकेए मस्को क्बलबाट ब्यावसायिक फुटबल यात्रा शुरु गरेका इगोरले सन् २००४ बाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । रसियाका गोलरक्षक तथा कप्तानको भूमिका निभाउँदै आएका इगोर सन् २०१४ को विश्वकपमा खेल्ने अवसर पाएका थिए ।

इगोर रसियाली टिममा डेब्यु गर्ने तेस्रो सबैभन्दा कम उमेरका गोलरक्षक हुन् । त्यसअघि एडवर्ड स्टाट्सव र सर्गेइ रोडोनेवो सबैभन्दा कम उमेरका खेलाडी थिए । सन् २०१७ बाट इगोर टिमका कप्तानका रुपमा रहेका छन् ।

आर्टिम ज्युबा

२९ वर्षीय आर्टिम ज्यूबा रसियाली टोलिका प्रतिभाशाली स्ट्राइकर हुन् । ज्यूबाले रसियाका लागि खेलेका २३ खेलमा ११ गोल गरिसकेका छन् । ज्यूबाको ब्यवसायिक फुटबल यात्रा भने सन् २००६ मा स्पार्टक मस्को फुटबल क्लबबाट गरेका थिए ।
स्पार्टकमा ज्यूबा ९ सँगै रहेभने सन् २०१५ पछि भने रसियाकै घरेलु अर्को क्लब जेनिट एसटी पीटस्वर्ग फुटबल क्लबबाट खेल्न थाले । अहिले उनी लोनमा आर्सन तुलासँग आवद्ध भएका छन् ।

ज्यूबाले राष्ट्रिय टिमबाट सन् २०११ बाट खेल्न थालेका हुनु । सन् २०११ मा टिममा परेपनि ज्यूबाले सन् २०१४ को विश्वकप भने खेल्न पाएनन् । घरेलु मैदानमा हुन लागेको खेलमा भने ज्यूबा मुख्य स्ट्राइकरको भूमिकामा मैदान उत्रदै छन् ।

एलेक्जेन्डर सामेडोव

३३ वर्षीय एलेक्जेन्डर सामेडोव रसियाली टोलिका फरवार्ड हुन् । घरेलु मैदानमा सामेडोवको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा गरिएको छ । सन् १९९५ बाट व्यावसायिक फुटबल क्लब स्पार्टक मस्कोबाट खेल्न शुरु गरेका सामेडोवले अहिले पुन स्पार्टक मस्कोमा आवद्ध भएर लिग खेलिरहेका छन् ।
सन् २०११ बाट राष्ट्रिय टिमसँग सामेडोव आवद्ध भएका थिए । अहिलेसम्म सामेडोवले खेलेका ४८ खेलमा ७ गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा सामेडोवले समूह चरणको तीनै खेल खेलेका थिए । तर उनले तीन खेलमा गोल गर्न भने सकेनन् ।

विश्वकपका लागि रसियाको टिम
गोलरक्षक : इगोर एकिनफिभ, भ्यादिमिर गाबुलोभ, आन्ड्रेय लुनेभ
डिफेन्डर : भ्लादिमिर ग्रानट, फेदर कुड्र्रयासोभ, इल्या कुतेपोभ, आन्ड्रेय सेमेनोभ, इगोर स्मोलनिकोभ, सेर्जिई इग्नाशेभिच, मारियो फर्नान्डेज
मिडफिल्डर : युरी गाजिन्सकी, एलेक्जेन्डर गोलोभिन, एलन जागोएभ, एलेक्जेन्डर एरोखिन, युरी झिर्कोभ, दालेर कुजएभ, रोमन जोबनिन, एलेक्जेन्डर सामेडोभ, एन्टन मिरान्चुक, डेनिस चेरिसेभ
स्ट्राइकर : आर्टिम ज्युबा, एलेस्की मिरान्चुक, फेडर स्मोलोभ