पृथ्वी पशुपालन महिला सहकारी द्वारा अपाङ्गहरूलाई सहयाेग बितरण - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

पृथ्वी पशुपालन महिला सहकारी द्वारा अपाङ्गहरूलाई सहयाेग बितरण



जुद्ध चाैधरी / पुनर्वास ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ८ ‘क’ गाउँ स्थित पृथ्वी पशुपालन महिला सहकारी सँस्थाले अाज पुनर्वासका अपाङ्गहरूलाई सहयाेग बितरण गरेकाे छ । सँस्थाले पुनर्वासका ७ जना अपाङ्ग महिलालाई सहयाेग गरेकाे हाे।

सहकारी सँस्थाले छ जना अपाङ्ग महिलालाई लत्ता कपडा र एक जना बालकलाई कपी,कलम,पेनसिल,स्कुल ड्रेस र झाेला बितरण गरेकाे हाे । पुनर्वास वार्ड नम्बर ७ का धन बहादुर राउत, वार्ड नं.८ का तुलसी साउँद, वार्ड नं.९ का भगवती ऐरी, लक्ष्मी केसी, ढाकी कठायत,धर्मा बुढा र तुलसी दमाईलाई साे सहयाेग बाँडीएकाे सँस्थाका अध्यक्ष पुष्पा राेकायाले बताउनु भयाे।

सहकारी सँस्थाकाे काेषबाट रू. दश हजार पाँच सय बराबरकाे सामाग्री सहयाेग गरेकाे सँस्थाका काेषाध्यक्ष अारती नेपालीले बताउनु भयाे। कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले अपाङ्ग महिलाहरूलाई साे सामाग्री हस्तान्तरण गरेका थिए।