महिला जेसिजद्धारा शैक्षिक सामाग्री सहयोग । - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

महिला जेसिजद्धारा शैक्षिक सामाग्री सहयोग ।



सन्जु पौडेल,। बुटवल महिला जेसिजको आयोजनामा बुटवल माविमा शैक्षिक सामाग्री सहयोग कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बुटवल मावि व्यवस्थापन समितिका अध्यक्ष विमलबहादुर शाक्यले महिला जेसिजको सहयोगको प्रशंसा गर्दै रुपन्देहीकै पहिलो विद्यालय बुटवल माविको शैक्षिक गुणस्तर वृद्धि तथा गरिब र श्रमिक वर्गका छोराछोरी मात्र नभएर सबैले आफ्ना छोराछोरी पढाउने लायकको बुटवल मावि बनाउन सबैको साथ चाहेको बताए ।

त्यस्तै आफ्ना भनाई राख्दै विद्यालयका प्रधानाध्यापक अकरा मुल्ला खांले ऐतिहांसिक बुटवल माविमा सहयोग गरेकामा धन्यवाद दिँदै विद्यालयको सांख जोगाउन र सम्बन्धित निकायको ध्यान विद्यालयतर्फ केन्द्रित गर्न यस्ता संस्थाको अग्रसरताले सहयोग गर्ने बताए । कार्यक्रममा महिला जेसिजका पूर्व अध्यक्ष तथा सल्लाहकार कल्पना जोशीले महिला जेसिजलाई यस्तै कार्यमा अग्रसर हुन सुझाव दिइन् ।

महिला जेसिज वर्ष २०१८ का अध्यक्ष राधिका पोख्रेलले जेसिजको नारा शैक्षिक विकासका लागि सफलताको अभियानलाई सार्थक बनाउन बुटवल माविमा सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आफ्नो कार्यकाल अवधिभर सामाजिक कार्यमा थुप्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिन् । महिला जेसिजका सदस्य अनुपमा श्रेष्ठको स्वागत रहेको कार्यक्रममा अर्का सदस्य रन्जिता शर्माले जेसिजको आस्था पाठ गरेकी थिइन् ।

महिला जेसिजका पूर्व अध्यक्ष तथा सल्लाहकार उर्मिला श्रेष्ठ, ओमी पुन, निर्वतमान अध्यक्ष रुपा पाण्डे, अन्य पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी थापाले गरेकी थिइन् ।