ओली र प्रचण्डपछि मेरो नाम हुनुपर्दथ्यो, कसरी माधव नेपालको नाम आयो ? :खनाल
काठमाडौं। नेकपाका प्रभावशाली नेता झलनाथ खनालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आफ्नो पार्टीको एजेण्डा नभएको बताएका छन् ।
उनले भने,‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हाम्रो पार्टीको लाईन होईन, शासकीय स्वरुप परिवर्तन गर्ने पक्षमा हामी छैनौं । यो पार्टीको आधिकारिक एजेण्डा होईन।’
बिहीबार पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले भने,‘तत्कालिन एमालेको एजेण्डा बरु कार्यकारी प्रधानमन्त्री थियो, त्यसबाट हामी ब्याक भयौं, अब त संविधानलाई धेरै चलाउनुहुँदैन ।’
त्यस्तै फरक प्रसँगमा उनले नेकपाको मर्यादामा आफूलाई अन्याय गरिएको गुनासो दोहोर्याएका छन् । उनले भने,‘अन्तिसम्म पनि म असन्तुष्टि राखिरहन्छु । ओली र प्रचण्डपछि मेरो नाम हुनुपर्दथ्यो, कसरी माधव नेपालको नाम आयो म छक्क परेको छु ।’
नेता खनालको स्वास्थयमा केही समस्या देखिएकोले उनी यतिवेला घरमै आराम गरेर बसेका छन् ।