अफगानिस्तानले टि ट्वान्टी सिरिज जित्यो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

अफगानिस्तानले टि ट्वान्टी सिरिज जित्यो



राशिद खान र मोहम्मद नाबीको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानले बंगलादेशसँगको टि ट्वान्टी सिरिज जितेको छ।

राशिद खानको घातक बलिङ र नाबीको बिस्फोटक ब्याटिङमा अफगानिस्तानले दोस्रो टी ट्वान्टीमा बंगलादेशलाई ६ विकेटले हराउँदै तीन खेलको सिरिज २-०ले जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको बंग्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो। उसका लागि तामिम इक्वालले सर्वाधिक ४३ रन बनाएका थिए। मुसफिर रहिमले २२ तथा अबु हैदरले २१ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन्।

बंगलादेशलाई सस्तैमा रोक्न अफगानिस्तानमा राशिदले ४ ओभर बलिङ गर्दै १२रन खर्चिएर ४ विकेट लिए। यस्तै नाबीले २ तथा सापुर जर्दान र करिम जनतले १-१ विकेट लिए।

१३५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ६ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हात पार्‍यो।

अफगानिस्तानलाई जिताउन सैंमुल्लाह सेनवारीले ४९ तथा मोहम्मद नाबीले नटआउट ३१ रन जोडे नाबीले १५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै अफगानिस्तानलाई ऐतिहासिक सिरिज दिलाए।

सिरिजको अन्तिम खेल आज साँझ देहरादुनमा हुँदैछ। यसअघि पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ४५ रनले हराएको थियो।