कुन कुन खेलाडीसँग खेल्दैछन सन्दिप क्यानडामा ? - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

कुन कुन खेलाडीसँग खेल्दैछन सन्दिप क्यानडामा ?



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन टी-२० लिग खेल्ने भएका छन्। सन्दीप आइतबार भएको अक्सनमा छनोट भएसँगै उनले करिअरमा अर्को फड्को मारेका हुन्।

उनलाई मोन्ट्रेयल टाइगर्सले आफ्नो टिममा भित्राएको हो। यो टिममा सन्दीपसँगै वेस्ट इन्डिजका दिनेश रामदिन, पाकिस्तानका मोमहद हफिज, श्रीलंकाका थिसारा परेरा, वेस्ट इन्डिजका सुनील नारिन, श्रीलंकाका अर्का खेलाडी लासिथ मालिङगा, जिम्बावेका सिकन्दर राजा र अफगानिस्तानका नाजिबुल्लाह जार्डान पनि टाइगर्समा आवद्ध भएका छन्।

सन्दीपले गत साता मात्र सादिह अफ्रिदीको कप्तानीमा विश्व ११ टिमबाट वेस्ट इन्डिज विरुद्ध इंग्ल्यान्डको लर्डस्मा टी-२० खेल खेलेका थिए। त्यसअघि उनले आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट पछिल्ला ३ खेल खेल्दै ५ विकेट लिन सफल भएका थिए।

सन्दीप वेस्ट इन्डिजको क्यारेबियन लिगका लागि यसअघि नै छनोट भइसकेका छन्।

क्यानेडियन लिग आगामी जुन २८ देखि जुलाई १५ सम्म हुनेछ। २२ खेल हुने प्रतियोगिताका सवै खेल दक्षिण टोरन्टोमा रहेको माप्ले लिफ क्रिकेट क्लबमा संचालन हुनेछ।

क्यानेडियन लिगमा ६ टिमको सहभागिता रहनेछ। जहाँ क्यानडाका पाँच शहरका टिम हुनेछन्। सन्दीपको मोन्ट्रेयल टाइगर्स, इडमन्टन रोयल्स, टोरन्टो नेसनल्स, भ्यानकुभर किङ्ग्स र विनिपेग हक्स हुनेछन्। एक टिम क्रिकेट वेस्ट इन्डिजको हुनेछ।