बार्है महिना हिलाम्य नगरका मुख्य सडक

प्रकाश मिश्र/ सुखड,कैलाली ।
यो फोटोमा देखिएको दृश्य कैलालीको घोडाघोडी नगरपालिकाको मुटु मानिएको सुख्खड बजारको हो ।
नगरपालिकाको उप प्रमुख प्रेमकुमारी थापा आफ्नो आवासमा जाँदा सधैँ तस्बिरमा देखिएको सडकको प्रयोग गर्छिन् तर बनाउन ध्यान अहिलेसम्म गएको छैन । तस्बिरमा देखिएको झैँ यो सडक सधैँ हिलाम्य हुन्छ बार्है महिना तर जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।
उसो त यो सडक मात्र हैन मुख्य बजारको दोस्रो गल्ली देखि स्थानीय बंगाली डाक्टर भनेर चिनिने निखिल रञ्जन दामको घरसम्म जाने बाटोको कुरा गर्ने हो भने त लाजै लाग्छ । जहाँ सधैँ बर्सायामको अनुभव हुन्छ । हिलाम्य सँगै बजारका फोहोर बाटोमा परेपछि दुर्ग्न्धित पनि हुन्छ । हामीलाई त अति नै गाह्रो परेको छ । नगरपालिकाले सौतेनी व्यवहार गरेको जस्तो लाग्छ भन्छिन् स्थानीय जनिता पौडेल । जनप्रतिनिधि आएपछि त अलि राम्रो होला सोचेका थियौ तर सबै उस्तै रहेछ्न उनको भनाइ छ ।
यो मुख्य बजारको धेरै चहलपहल हुने बाटो हो अहिले सम्म चुनावका बेला सबैले बनाउँछु भन्छ्न् । तर कसैले बनाउँदैनन् । स्थानीय चुनावका बेला अहिलेका मेयर ममता प्रसाद चौधरी र वडा नम्बर १ का अध्यक्ष मनराज शाहीले हामी बनाउँछौ भनेर हामीलाई निकै आसा देखाएर भोट मागे तर निर्बा्चित भएको १ वर्ष पुगिसक्दा पनि यो बाटो बनाउने कुनै चहलपहल देखिएको छैन । हामीलाई जनप्रतिनिधिले ढाटे भन्छ्न् स्थानीय तुल्सीराम सुवेदी ।
बाटो सधैँ हिलाम्य बनेका कारण स्कुले बिधार्थिलाइ निकै समस्या छ । ब्यपारी मर्कामा छ्न । ढलको पानी मिसिने हुनाले झन् गर्मियाममा रोगहरूको सङ्क्रमण हुने डर हुन्छ । तर यति हुदापनी जनप्रतिनिधि किन मौन छ्न ? हामीलाई अचम्म लाग्छ भन्छ्न्, सुखड बजारका व्यापारी राम सुनार ।
नगरको मुख्य बजारका सडकको यो हालत छ । तर नगरपालिकाका जनप्रतिनिधि भने तडक भडकमै व्यस्त छ्न् । केही महिना अघि भ्रमणका नाममा लाखाँै खर्च गरे भने भ्रमण वर्षका नाममा पनि भडकिलो खर्च गर्यो नगरपालिकाले तर बजारका बाटा बनाउन ध्यान गएन ।
यी बाटाहरू सधैँ किन यस्तो भनेर हामीले सोधेको प्रश्नमा आफूले बारम्बार यी बाटाहरूलाई नगरले आफ्नो योजनामा राखेर काम गर्नुपर्ने अडान लिएको तर नगर प्रमुख लगायतले मापदण्ड विपरीत भएकाले काम गर्न नसकिने भनेर इन्कार गरेको जवाफ घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मनराज शाहीले दिए ।
अनि हामीले फेरि सोध्यौ यो पुरानो बजार यसका धेरै बाटाहरूको मापदण्ड नयाँ नियम अनुसार नपुग्या होलानी त ? अनि यसको विकास नगर्ने त ? ,यो प्रश्नमा अध्यक्ष शाहीले आफूले धेरै हातपाउ जोडेर आग्रह गरेपस्चात यो बजार इतिहास भएकाले पनि भावी पुस्ताको लागि संग्रालयका रूपमा विकास गर्नुपर्ने बताए ।

