ओली, प्रचण्ड र माधवसँग लड्छु: झलनाथ - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

ओली, प्रचण्ड र माधवसँग लड्छु: झलनाथ



नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भई फर्केका खनालले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग बरियतामा आफूलाई तल पारेर अन्याय गरेका गुनासो गरेका हुन् । नेता खनालले आफुले पार्टी भित्रै न्यायका लागि संघर्ष पनि गर्ने बताए ।

‘पार्टी बरियतामा अन्याय भएको छ । यस अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु म पाटी भित्रनै संघर्ष गर्दछु’, खनालले भने, ‘न्याय पाउन आफ्नो लडाईलाई जारी राख्दछु ।’

नेता खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरुको एकताका लागि संघर्ष गरिराखेका कारण इतिहासलाई कसैले तलमाथि पार्नुपर्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत स्पष्ट पारे ।

चीनको कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा बरिष्ठ नेता खनाल चीन गएका थिए ।