मेलम्चीको पानी समयमै काठमाडौंमा नआउने पक्का - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

मेलम्चीको पानी समयमै काठमाडौंमा नआउने पक्का



काठमाडौं । निर्धारित समयमै मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ । शुक्रबार खानेपानी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा ठेकेदार कम्पनी सिएमसीले सहमतिअनुसार काम नगरेकाले निर्धारित समयमै मेलम्चीको पानी काठमाडौं आउन नसक्ने जानकारी गराएको हो । ठेकेदारले विभिन्न बहाना बनाएर उलेख्य काम नगरेको मन्त्रालय जनाएको छ । मेलम्चीको पानी आगामी साउन ३० गतेसम्म काठमाडौंमा झार्ने लक्ष्य रहेको थियो ।

मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीकानुसार अहिले ठेकेदार कम्पनी सिएमसीले सहमतिअनुसार काम गरेको छैन । प्रतिबद्धताअनुसार काम नगरेपछि मन्त्रालयले ठेकेदारसँग स्पष्टिकरण समेत लिएको बताइएको छ । ठेकेदार पक्षले २१ दिनमा उच्चस्तरिय निरिक्षण टोलीलाई निमन्त्रणा गरेको भएपनि उक्त अवधिमा कामको प्रगति नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ठेकेदारले कम्पनीको आन्तरिक विवाद देखाई उच्च व्यवस्थापकबाट सहयोग नभएको र केन्द्रीय कार्यालयबाटसमेत रकम उपलब्ध नगराएको बहाना देखाउँदै सो अनुरुपको काम गर्न नसकेको हो ।

सिएमसिको प्रतिबद्धताअनुसार मे महिनामा ६ किलोमिटर टनेल फिनिसिङ गर्नुपर्नेमा १ किलोमिटर मात्र फिनिसिङ भएको छ । जसको कारण पनि मेलम्ची पछि धकेलिँदैछ ।