सुन तस्करीको ठुलो माछा प्रधानमन्त्री नै भनेपछि खैलाबैला - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सुन तस्करीको ठुलो माछा प्रधानमन्त्री नै भनेपछि खैलाबैला



काठमाडौं सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै संसदमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफल क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित स्वतन्त्र सांसद सुवालले यस्तो प्रश्न उठाएका हुन्। ‘३३ किलो सुन तस्करीबारे सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नुभएको ‘म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ,’ सुवालले भने, ‘अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ, मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि?’

प्रहरीभन्दा चोर अगाडि बढ्नु पुँजीवादी गणतन्त्रकै कारण भएको टिप्पणी गर्दै सांसद सुवालले भारतमा ७० वर्ष अगाडि देखि देखिएको यो प्रवृत्ति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए। उनले नेपाली पानीजहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने तर्क गरे।

सरकारले सपना देखाएको तर त्यसलाई पूरा गराउने बजेट भने नल्याएको उनले टिप्पणी गरे।