विश्वकपका रेफ्री नै 'म्याच फिक्सिङ्ग'मा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

विश्वकपका रेफ्री नै ‘म्याच फिक्सिङ्ग’मा



खेल मिलेमतो अर्थात म्याचफिक्सिङ्ग आरोप लागेका रेफ्रीलाई विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि तोकिएका रेफ्रीको सूचिबाट हटाएको छ ।

साउदी अरेबियाका रेफ्री फाहद अल–मिर्दासी आउँदो जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबलका लागि फिफाका आधिकारिक रेफ्री जसले विश्वकपका खेल खेलाउने छन्, त्यसमा परेका थिए ।

तर साउदी अरेबियामा म्याचफिक्सिङ्गको प्रयास गरेको आरोपमा प्रतिबन्ध लागेपछि उनलाई फिफाले सूचिबाट हटाएको हो । साउदी अरेबियाको फुटबल फेडेरेसन, एसएएफएफले ३२ वर्षका रेफ्री फाहदलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ ।

फाहदले किंग्स कप फाइलन अन्तर्गत अल–इतिहाद र अल फाइसालीबिचको खेलमा म्याचफिक्सिङ्ग गर्न चाहेको स्वीकार गरेको एसएएफएफले दाबी गरेको छ ।

आरोप तथा प्रतिबन्ध लागि सकेको अवस्थामा उनलाई विश्वकप रेफ्रीका रुपमा राख्नु उचित नरहेको फिफाले उल्लेख गरेको छ । उनी सन् २०११ देखि फिफा रेफ्री रहँदै आएका छन् ।

उनले पछिल्लो पटक सन् २०१७ मा फिफा कनफेडेरेशन कप अन्तर्गत तेस्रो स्थानका लागि भएको पोर्चुगल र मेक्सिकोबिचको प्ले–अफमा रेफ्रीको भूमिका खेलेका थिए ।