दुई साता नबित्दै नेपाल कम्युनिस्ट पार्टीको नाम अर्कै - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

दुई साता नबित्दै नेपाल कम्युनिस्ट पार्टीको नाम अर्कै



काठमाडौं : नवगठित नेपाल कम्युनिस्ट पार्टीले नाम फर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।

नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ। पार्टी संसदीय दलको बुधबारको बैठकमा उपनेता सुवास नेम्बाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजेका सुझाव तथा पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि आयोग निवेदन दिन लागिएको जानकारी गराए।

नागरिक दैनिकमा निर्वाचन अायोगले नेपाल कम्युनिस्ट पार्टी नामक दल पहिला नै दर्ता भइसकेको र सोही नाममा अन्डरलाइन गरेर अर्को दल बनाउँदा फरक छुट्याउन अप्ठेराे हुने भन्दै नाम फेर्न सुझाव दिएपछि नयाँ निर्णय लिनु परेको समाचार प्रकाशन गरेको छ। निर्वाचन अायोगमा दल दर्ताका लागि दलले उपनेता नेम्बाङ र प्रमुख सचेतक देव गुरुङलाई जिम्मा दिएको छ।