ब्राजिलले विश्वकप जित्छु भन्न सक्दैन - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

ब्राजिलले विश्वकप जित्छु भन्न सक्दैन



ब्राजिलका कप्तान थिएगो सिल्भाले विश्वकप फुटबल जित्छु नै भन्ने वाचा गर्न नसक्ने तर आफूहरुले उत्कृष्ट खेल प्रस्तुत गर्ने भने वाचा गर्न सक्ने बताएका छन् ।

फुटबल महारधी दक्षिण अमेरिकी देश ब्राजिलले सन् २०१४ मा घरेलु मैदानमा भएको अघिल्लो विश्वकपमा सेमिफाइनलमा जर्मनीसँग ७–१ को हार बेहोरेको थियो ।

आउँदो जुन १४ देखि रुसमा सुरु हुने विश्वकप फुटबलका लागि आफ्नो देशको टिम अहिले राम्रो रहेको सिल्भाले बताएका छन् । ३३ वर्षका सिल्भाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजीबाट खेल्छन् ।

उनले भने, ‘हामीले फेरि अर्को विश्वकप खेल्ने अवसर पाएका छौँ र यो हाम्रो इतिहास फेरि लेख्ने अवसर हो । हामी उपाधिका लागि वाचा गर्न सक्दैनौँ तर हरेक खेल उत्कृष्ट बनाउने छौँ त्यो चाहिँ वाचा भयो । विश्वकप फुटबलका बेला तपाईंहरुले उत्कृष्ट फुटबल देख्नुहुनेछ ।’

विश्वकपको तयारी स्वरुप ब्राजिलियन टिमले अहिले लण्डनमा अभ्यास गरिरहेको छ । टिममा चोटबाट मुक्त भएर मैदानमा फर्किने तयारीमा रहेका स्टार स्ट्राइकर नेइमार पनि छन् ।