प्रचण्ड र देउवाले यसरी गरे एक-अर्काको प्रसंशा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रचण्ड र देउवाले यसरी गरे एक-अर्काको प्रसंशा



काठमाण्डौ । गणतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एउटै मञ्च शेयर गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंको शान्तिवाटिकामा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवा र प्रचण्ड एकसाथ देखिएको हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वामपन्थी सरकारले व्यवहारमा प्रजातन्त्र प्रदर्शन गर्न सक्नुपर्ने बताए ।

देउवाले आफू प्रजातन्त्रवादी हो भनेर वामपन्थीहरुले भन्दै आएकाले त्यो आचरणमा देखिनुपर्ने भन्दै सँगै रहेका प्रचण्डको ध्यानाकर्षण गराए ।

त्यसैगरी देउवाले अहिले धेरै कुरा काटे प्रचण्डजी रिसाउनुहोला भन्दै कुरा काटेर पनि केही फाइदा नभएको उल्लेख गरे ।

कार्यक्रममा प्रचण्डले काँग्रेस सभापति देउवालाई आफूलाई दोस्रो पटक प्रधानमन्त्री बनाएकोमा धन्यवाद व्यक्त गरे ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई ढलाएर काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । ‘म शेरबहादुरजी, र काँग्रेसलाई धन्यवाद दिन चाहन्छु मलाई दोस्रो पटक प्रधानमन्त्री बन्ने मौका दिनुभयो ।’ उनले भने ।

प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउने नेताको हैसियतमा गिरिजाप्रसाद कोइरालालाई र आफूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानका लागि सिफारिस गर्न आग्रह गरेका छन् ।