देउवाकै अगाडी सिटौलाले प्रचण्डलाई यस्तो भनेपछि... - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

देउवाकै अगाडी सिटौलाले प्रचण्डलाई यस्तो भनेपछि…



नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतापछि प्रचण्डलाई के भनेर सम्बोधन गर्ने विषयमा द्वीविधामा परेको टिप्पणी गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलनका शहीद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले मञ्चमा बसेका प्रचण्डप्रति इंगित गर्दै प्रश्न गरे, ‘अब उहाँलाई प्रचण्ड भनौँ की पुष्पकमल दाहाल मात्रै भनौँ ? प्रचण्ड भन्ने बानी परेको छ ।’

सिटौलाले यस्तो प्रश्न गरिरहँदा मञ्चमा रहेका प्रचण्ड र देउवा मुसुमुसु हाँसिरहेका थिए। ‘अझै उहाँले प्रचण्डनै भन्नुस भन्नुभयो’, सिटौलाले अगाडि थपे । यसैबीच नेता सिटौलाले संविधान कार्यान्वयन र आम नेपालीको चाहनालाई सार्थक पार्नका लागि एक भएर अगाडि बढ्नुपर्ने बताए ।