विश्वकपको तयारी: इटालीसँग हार्यो साउदी
विश्वकप फुटबलको अन्तिम तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन थालेको छ ।
सोमबार राति भएको खेलमा रुसमा आउँदो जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको दाबेदारको रुपमा हेरिएको फ्रान्सले रिपब्लिक अफ आयरल्याण्डलाई २–० ले हराएको छ । फ्रान्सले पहिलो हाफमा गरेका दुई गोलको मद्दतमा आयरल्याण्डलाई हराएको हो ।
फ्रान्सको जितमा ओलिभर जिरउड र नाबिल फेकिरले गोल गरे । जिरउडले ४० तथा फेकिरले ४३ औँ मिनेटमा गोल गरेका हुन् । जिरउडले राष्ट्रिय टिमबाट गरेको यो ३१ औँ गोल हो । फ्रान्सले विश्वकप पूर्व तयारी स्वरुप अझै दुई खेल खेल्ने छ ।
उसले अब इटाली र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपका लागि समूह सी मा रहेको फ्रान्सले जुन १६ मा अस्ट्रेलिया, २१ मा पेरु तथा २६ मा डेनमार्कसँग खेल्ने छ ।
यस्तै विश्वकपमा छनौट हुन नसकेको इटालीले साउदी अरेबियासँगको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । इटालीले साउदी अरेबियालाई २–१ ले हराएको हो ।
इटालीको जितमा मारिओ बालाटोली र आन्द्रेए बेलोट्टीले गोल गरे । विश्वकपमा छनौट भएको साउदी अरेबियाका लागि याहया अल शेहरीले एक गोल फर्काए ।
विश्वकपका लागि समूह ए मा साउदी अरेयिबा, मस्को, उरुग्वे र इजिप्ट रहेका छन् । इटालीको प्रशिक्षकका रुपमा रोबर्टो माचिनीले विजयी सुरुवात गरेका छन् ।