विश्वकप फुटबलका लागि पूर्ण रुपले तयार छु :नेइमार
ब्राजिलका स्टार स्ट्राइकर नेइमारले आफू विश्वकप फुटबलका लागि पूर्ण रुपले तयार रहेको बताएका छन्
नेइमारले आइतबार विश्वकपका खेल्नका लागि रोक्ने कुनै चिज नरहेकोसमेत बताएका छन् ।
नेइमार गएको फेब्रुअरीमा अन्तिममा चोटग्रस्त भएयता खेलेका छैनन् ।
उनको खुट्टाको शल्यक्रिया भएपछि अहिले मैदानमा छिर्नका लागि तयार रहेको बताएका हुन् ।
अहिले पनि आफ्नो दायाँ खुट्टामा केही असजिलो रहेको तर विश्वकप फुटबलसम्ममा पूर्ण तयार हुने बताएका छन् ।
उनले एकहप्तादेखि ब्राजिलको टिमसँग प्रशिक्षण लिएपछि आफू तयार रहेको नेइमारले बताएका हुन् ।
उनले ब्राजिलियन पत्रकारसँग भने, ‘शारीरिक रुपमा म राम्रो भएको छु, खुट्टा पनि ठीक छ ।
केही कुरा मैले अहिले पनि प्रयास गरिरहेको छु । केही असजिलो छ तर विश्वकप सुरु हुने बेलासम्म ठीक हुनेछ ।’
उनले आफू अहिले पनि १०० प्रतिशत फिट नभएको स्वीकार गरे तर विश्वकप सुरु हुँदासम्म सबै ठीक हुने उनको भनाई छ ।