रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।
शनिवार राति युक्रेनको कियाभमा सम्पन्न फाइनल खेलमा स्पेनिस क्लब रियाल मड्रिडलेले इंग्ल्सि क्लब लिभरपुललार्इ ३-१ गोलले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा गोल रहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा भने लय गुमायो । खेलको ५१ औं मिनेटमा रियलले अग्रता लियो । लिभरपुलका गोलकिपर लोलिस कारियोलले गम्भीर गल्ती गर्दा बेन्जेमाले रियललाई अग्रता दिए । तर, लिभरपुलका मानेले ४ मिनेटपछि गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलमा बैकल्पीक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले दुई गोल गरे । उनले ६१ औं मिनेटमा उत्कृष्ट ओभरहेड गोल तथा ८३ औ मिनटमा लंग रेञ्ज गोल गरेका हुन् ।
रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो ।