सम्पत्ति विवरण बारे यसो भने लालबाबु पण्डितले ! - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

सम्पत्ति विवरण बारे यसो भने लालबाबु पण्डितले !



काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताएका छन् । २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरे ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्को प्रसंगमा पण्डितले जेठ महिना भित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि बताए ।

मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिना भित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दावी समेत गरे ।

स्थानीय, प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको भन्दै उनले सरकारबारे नकारात्मक टिप्पणी नगर्न चेतावनी दिए ।

संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितको गुनासो थियो ।