कांग्रेसले सय जनालाई एक एक गिलास दूधको व्यवस्था कसरी गर्ने सिकाउछ :कोइराला - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

कांग्रेसले सय जनालाई एक एक गिलास दूधको व्यवस्था कसरी गर्ने सिकाउछ :कोइराला



भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादबीच आकास जमिनको फरक रहेको वताएका छन् ।

समाजवाद अध्ययन केन्द्र भक्तपुरद्वारा आयोजित अपाङ्का लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उनले कम्युनिस्टको समाजवाद व्यक्तिवादी हो भने कांग्रेसको समाजवाद सामूहिक भएको बताएका हुन् ।

‘कम्युनिस्ट समाजवादले एक गिलास दुध छ भने सबैलाई बराबरी बाँड्ने भन्छ’, महामन्त्री कोइरालाले भने,‘तर कांग्रेसको समाजवादले कसरी सय जनालाई नै एक एक गिलास दूधको व्यवस्था गर्ने भन्छ ।’

कांग्रेसको मुख्य लक्ष्य सामाजिक रुपान्तरण भएको उनको जोड थियो ।फरक प्रसंगमा महामन्त्री कोइरालाले कांग्र‍ेसले संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत बताए ।‘नेपाली कांग्रेस निर्वाचनमा पराजित भए पनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा असफल हुँदैन’, उनले भने ।

कार्यक्रममा महामन्त्री कोइरालाले अपांगता भएकाहरुलाई ह्लिचियर, बैशाखी, सेतो लट्ठी, वाल्कर, ट्वाइलेट कुर्सी, झुल वितरण गरेका थिए ।
समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालका अनुसार अपांगता भएकाहरुमध्ये १७ जनालाई ह्विचियर, तीनजनालाई वैशाख, ६ जनालाई सेतो लट्ठी, एकएक जनालाई वाल्कर, नेक बेन्डेज र ट्वाइलेट पट तथा एकसय १५ जनालाई झुल प्रदान गरिएको छ ।

अध्यक्ष फुयालले समाजवादका ठूला कुरा गर्नुभन्दा व्यवहार महत्वपूर्ण भएकाले संस्थाले अपांगता भएकाहरुको दैनिकी सहज बनाउन सहयोग गरेको जानकारी दिए ।