सन्दीप लामिछानेले पाए २४ लाख ९५ हजारको कार - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सन्दीप लामिछानेले पाए २४ लाख ९५ हजारको कार



सिप्रदी ट्रेडिङ प्रालिले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आफ्नो प्रभाव देखाएका युवा स्टार सन्दीप लामिछानेलाई बुधबार टाटा टिगोर कार प्रदान गरेको छ।

आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपले दिल्ली डेयर डेभिल्सबाट ३ खेल खेल्दै ५ विकेट लिएका थिए।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले सन्दीपलाई कार हस्तान्तरण गरेका थिए। आजको कान्तिपुर दैनिकमा यो खबर छ।

बजार मूल्यअुनसार कार २४ लाख ९५ हजार रुपैयाँ पर्छ।