राष्ट्रकवि घिमिरेलाई थप उपचार गर्न भारत लगियो - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

राष्ट्रकवि घिमिरेलाई थप उपचार गर्न भारत लगियो



काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको गर्न बुधबार भारतको नयाँ दिल्ली लगिएको छ ।

काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको हो ।

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाह अनुसार उपचारका लागि भारत लागिएको घिमिरेको छोरी उषाकिरण घिमिरेले जानकारी दिएकी छन् ।

बिगत एक साता भन्दा अघिबाट घिमिरेको आन्तरिक रक्तस्राव भएपछि अस्पताल भर्ना भएका हुन् । उपचारमा संलग्न डाक्टरको भनाई अनुसार सानो आन्द्राबाट रक्तश्राव हुने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको हुन् ।