गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्छ – मन्त्री अधिकारी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्छ – मन्त्री अधिकारी



 रबिन्द्र प्रताप गुप्ता/भैरहवा

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन नीजि क्षेत्रले गर्ने बताएका छन ।

बुधबार निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री अधिकारीले नीजि क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिष्पर्धी बनाउन नसकिने बताए । उनले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडी बढाउन आफुले निर्देशन दिइसकेको र १५–१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको समेत जानकारी दिए ।

“हवाइ रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उनले भने ।” सुरुमा पुरानो टर्मिनलबाट काम सुरु गर्छौ, काठमाडौंको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहनेछ, मन्त्री अधिकारीले भने ।
विमानस्थल निर्माण कार्यलाई तीव्रता साथ अगाडी बढाउन आवश्यक उपकरण थप्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर ओम शर्माले अहिले सम्म ४० प्रतिशत विमानस्थल निर्माण कार्य भइसकेको बताए । उनले धावनमार्ग, कन्ट्रोल टावर, पार्किङ स्थल लगायत सबै काम हेर्दा अबको एक वर्ष भित्र विमानस्थल निर्माण कार्य सम्पन्न हुने जानकारी दिए ।

मन्त्री अधिकारीसंगै अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर ओम शर्मा, रुपन्देही क्षेत्र नं. ३(१)का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय लगायतले निर्माणाधिन विमानस्थलको अनुगमन गरेका थिए ।