ओली सरकारका सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

ओली सरकारका सबैभन्दा धनी मन्त्री रघुवीर महासेठ



केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ रहेका छन् । ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् ।

सर्वाधिक धनी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पती रहेको जनाइएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।

ओली सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सरकार बनेको सय दिन पुग्न लागेकै बेला सार्वजनिक भएको हो । यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।