लालबाबुको सम्पति कति छ ?
केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण पेश गरेका छन् ।
मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको उल्लखे गरिएको छ ।
त्यस्तै सगोलको ४ आना जग्गा ललितपुरको भैसेपाटीमा रहेको र पैत्रिक रुपमा प्राप्त गरेको उल्लेख गरेका छन् ।
मन्त्री पण्डितले सम्पत्ति विवरणमा पत्नी विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् जुन पैत्रिकरुपमा प्राप्त भएको जनाइएको छ ।
पण्डितसँग एभरेष्ट बैंकको मुद्दती खातामा २५ लाख बैंक व्यालेन्स रहेको छ । उक्त रकम पैत्रिक रुपमा आर्जन भएको जनाएका छन् । त्यस्तै पत्नी विमला पण्डितसँग एभरेस्ट बैंक र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रहेको उल्लेख गरेका छन् । जसलाई उनले स्वआर्जन, पैत्रिक र व्याज भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो समपत्ति विवरणको सवारी साधन शिर्षकको विवरणमा एक थान पुरानो साइकल उल्लेख गरेका छन् ।