ज्यानको खतरा भएपछी आत्मसमर्पण गर्न आएका थिए 'गोरे' - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

ज्यानको खतरा भएपछी आत्मसमर्पण गर्न आएका थिए ‘गोरे’

३८ क्विन्टल सुन तस्करी प्रकरणका पात्र चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै अनुसन्धानले नयाँ मोड लिएको छ। यसले आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने छानबिन समितिका अधिकारीहरुले बताएका छन्।

स्रोतका अनुसार समितिसमक्ष पनि उनले आफू भरियामात्रै भएको बयान दिएका छन् । गोरेले मानव अधिकार संगठनका लागि लेखेको सहयोगपत्रमा आफूसँग भएका कुरा राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

समितिले मंगलबार बिहान गौरीघाटबाट पक्राउ गरेको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।
उनी आत्मसमर्पणका लागि आएका बेला पक्राउ परेको हुन सक्ने आशंका गरिएको छ । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त भनिएका उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको गृह मन्त्रालय अन्तर्गतको विशेष छानबिन समितिले जनाएको छ ।

यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीलाई मात्र छानबिन समितिले डाकेर बयान लिएको थियो। उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ।

त्यस्तै, तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको छ। जसमा केही नेताहरुसमेत तानिन सक्ने समितिका एक अधिकारी बताउँछन्।

३३ किलो सुन प्रकरणमा आफूलाई मात्रै दोष देखाउन विभिन्न पक्षहरु मिलेर आफ्नो ज्यानै लिनेसम्मको घटना घट्न सक्ने उनले आशंका गरेको स्रोतले जानकारी दियो ।