सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !
दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्।
चार ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्।
मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट गरेका हुन्।
सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए।
सन्दीपको चौथो बलमा यादव आउट भए। पहिलो ओभरमा उनले १३ रन खर्चिए।
नवौं ओभरमा आफ्नो दोस्रो अोभर बलिङ गर्न आएका सन्दीपले पहिलो बलमा केरन पोलार्डलाई आउट पारे। चौथो बलमा उनले कुर्नाल पाण्डेलाई आउट पारे। यो ओभरमा उनले ६ रन खर्चिए। चार ओभर बलिङ गर्दा उनले ३६ रन दिए
यसअघि टस जितेर ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले मुम्बईविरूद्ध १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको मुम्बईका ब्याट्सम्यान तीन बल बाँकी छँदै अलआउट भए। यो हारसँगै मुम्बई प्लेअफमा पुग्न सकेन।
सन्दीपले यसअघि रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्ससँग विरूद्ध खेलेका थिए।
दुबै खेलमा उनले एकरएक विकेट लिए। चेन्नईविरूद्धको खेलमा उनले भारतीय राष्ट्रिय टोलीका ब्याट्सम्यान सुरेश रैनालाई आउट पारेका थिए।