एक महिनापछि प्रधानमन्त्री ओली चीन जाने - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

एक महिनापछि प्रधानमन्त्री ओली चीन जाने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले पार्टी एकीकरणपछि पहिलो पटक बसेको पार्टीको संघीय संसद्का सदस्यहरुको बैठकमा सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै चीन भ्रमणको तयारीबारे जानकारी गराएका हुन्। ओली गत चैत तेस्रो साता भारत भ्रमणमा गएका थिए।

ओलीले सार्क, बिमस्टेक लगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट पारे।