सैनामैना नगरपालिकाले कृषक समूहलाई अनुदान दिने - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

सैनामैना नगरपालिकाले कृषक समूहलाई अनुदान दिने



रुपन्देही : सैनामैना नगरपालिकाले आफ्ना क्षेत्रका विभिन्न कृषक समूहलाई अनुदान दिने भएको छ ।

नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन समितिले विभिन्न आयोजनाका लागि रु ४१ लाख अनुदान दिने निर्णय गरेको नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

साना सिंचाई योजनातर्फ रु दुई लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजना पकेट कार्यक्रमतर्फ रु २५ लाख, नयाँ पकेट क्षेत्रतर्फ रु १२ लाख, गाउँ नगर कृषक मूल समितिलाई रु ५० हजार, साना किसान तथा कृषि सहकारी संस्थालाई रु एक लाख ५० हजार प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

समूहलाई मकै, तरकारी, केरा र फलफूल खेती, पम्प, अन्नबाली, सिंचाइ, धानको बीउ उत्पादन, मलखाद, तेलबालीलगायत विभिन्न उपकरणमा कृषकका समूहलाई ८५ प्रतिशत अनुदानमा सो रकम भुक्तानी दिइने बताइएको छ । सैनामैना तरकारी उत्पादनको मुख्य क्षेत्र मानिन्छ ।