मिटर नचलाउने ट्याक्सीलाई कारबाही - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

मिटर नचलाउने ट्याक्सीलाई कारबाही



ललितपुर – महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ ।
ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले÷नचलेको जाँच गरिएको परिसरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर नराख्नेलाई धमाधम कारबाही पनि गरिरहेका छौं ।”

ट्राफिक प्रहरीले यसअघि ट्याक्सी रोक्ने ठाउँमा अनुगमन गर्दै आएको प्रहरी निरीक्षक हाछेथुले बताउनुभयो, “यस अघि सिभिल ड्रेसका ट्राफिक प्रहरीले यात्रु बनेर छड्के जाँच गर्दा दोषी देखिएकालाई कारबाही गर्दै आएको थियो ।

ट्राफिक प्रहरीको हाउभाउ र उनीहरूलाई सडकमा देखिरहेकाले चालकले चिन्ने गर्दथे । अहिले गुडिरहेको ठाउँमा कारबाही थालिएको हो । उहाँले भन्नुभयो, “अहिले हामीले गरेको कारबाही यात्रु आफैंँले पनि देख्नुहुन्छ ।”

ट्राफिक प्रहरीले भनेको ठाउँमा जान नमान्ने चालकलाई समेत कारवाही गर्दै आएको छ । चालकले काठमाडौंँमा नयाँ यात्रु हो भन्ने चिन्दा मिटरमा नजाने र बढी भाडा लिने गरेको नियमित अनुगमनका क्रममा पाइएको जानकारी दिँदै प्रहरी निरीक्षक हाछेथुले भन्नुभयो, “यो ठाउँ कहाँ पर्छ भन्नासाथ चालकले यात्रु नयाँ भन्ने चिन्ने र उनीहरुलाई बढी ठगेको पाइयो ।’’