ओलीले भने: आज पुष्पलाल भएको भए मञ्चमा नाच्नुहुन्थ्यो ! - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

ओलीले भने: आज पुष्पलाल भएको भए मञ्चमा नाच्नुहुन्थ्यो !



नवगठित पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनमा पुष्पलाल जीवित भएको भए उहाँ मञ्चमा नाच्नुहुन्थ्यो, सबै भन्दा बढी खुसी उहाँ नै हुनुहुन्थ्यो भन्दै माहौल नै भावनात्मक बनाएका थिए । उनले पुष्पलालले सुरु गरेको पार्टीले यति ठुलो खुसी मनाउँदै गर्दा उहाँ नै नहुँदा खल्लो भएको महसुस भएको बताएका थिए ।

ओलीले अगाडी बोल्दै आजको ऐतिहासिक दिन नेपालको दृढ विकास र सम्वृद्धिको लागी सृजना भएको भन्दै ‘यो पार्टीलाई यहाँ सम्म ल्याउन मैले त ड्राइभरको सिटमा मात्र बसेँ, घाम पानी र हिलोमा घस्रेर पार्टीलाई यहाँसम्म ल्याउने पार्टीका सबै पंति सबैलाई बधाई दिएका थिए । उनले अगाडी भने पार्टीका दुई अध्यक्ष किन भन्दै गिज्याउनेलाई भन्न चाहन्छु यो टेम्पो चलाएको जस्तो नभएर जेट विमान चलाएको हुनाले २ पाइलट चाहिन्छ । त्यसैले दुई अध्यक्षले एउटा ठुलो अभियानको नेतृत्व गर्ने बताए ।

ओलीले अब कम्युनिस्टहरूको विन्टर सिजन नआउने भने ‘देयर इज नो विन्टर इन कम्युनिस्ट’ भन्दा तालीले सभाहल गर्जेको थियो ।

उनले विप्लवलाई लक्षित गर्दै भने यस्तो कम्युनिस्टहरू मिलेर अभियानमा गोलबन्द भएको बेला सुतली बम पड्काएर हिन्दै छन् । कुनचाहिँ मार्क्सवादमा भनेको छ यसरी सुतली बम पड्काउने’।

उनले कार्यक्रममा बोल्दै भने देश बनाउनका लागि, भ्रष्टाचार नगराउनका लागि, हामीले एकता गरेका हौँ । कानुनी राज र सुशासनकै लागि जुटेको हो त्यसैले कोही पनि आत्तिनु नपर्ने बताए ।