पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघको प्रदर्शन - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघको प्रदर्शन



काठमाडौं । नेपाल विद्यार्थी संघले वर्तमान सरकारले तीन महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै बिरोध जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको ढाडै सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेकाले त्यसको विरुद्धमा आज नेविसंघले दिउसो २ बजे आरआर क्याम्पस अगाडि प्रदर्शनी मार्गमा पदर्शन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

उनले जनताको ढाडै सेक्ने गरी लगातार चार पटक बढाइएको मूल्य सुइकार्य नहुने बताए । महरले विज्ञप्ति जारी गर्दै तत्काल मूल्य फिर्ता लिई जनतालाई राहत दिन पनि माग गरेका छन् ।